सरकारले ठोस योजना र कार्यक्रम बनाएर श्रमिकका समस्या समाधान गर्नुपर्छ: अध्यक्ष थापा
बुधबार, १९ वैशाख २०८१, १६ : १८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले सरकारले ठोस योजना र कार्यक्रम बनाएर श्रमिकका समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
बुधवार काठमाडौँमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उनले वर्षमा देशभित्र कति रोजगारी सिर्जना गर्न सक्ने भन्ने बारेमा सरकारले स्पष्ट खाका तयार पार्न आवश्यक रहेको बताए । उनले विदेशमा रोजगारीका लागि गएका लाखौँ युवाहरूलाई देशमै रोजगारी दिई फिर्ता गर्न सक्ने अवस्था कहिले बनाउने भन्दै प्रश्न गरे । उनले देशमा श्रमिकको अवस्था गम्भीर रहेको बताउँदै यही रफ्तारमा विदेश पलायन हुने अवस्था रहने हो भने नेपाल श्रमिक शून्य हुने मुलुकमा पर्ने बताए ।
अध्यक्ष थापाले श्रम ऐन संशोधन र सुधारका लागि सशक्त ढङ्गले अघि बढ्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै संरचना बनाउन जग्गा छैन, लगानीकर्तालाई जग्गा दिने !
-
‘महाराजाधिराज’मा रमेशले मारे इन्ट्री
-
समितिमा बिचौलियाको प्रवेश छ भनेर मैले भन्न मिल्दैन : हृदयराम थानी
-
रावाबेँसी पूर्ण खोप सुनिश्चित गाउँपालिका
-
आरआर स्ववियु समिति घोषणामा अखिल क्रान्तिकारी विभाजित, खारेज गर्न असन्तुष्ट पक्षको माग
-
युवा चेतना र परिवर्तनको यात्रा