शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चीनमा वर्षाका कारण राजमार्ग डुबानमा, ३४ जनाको मृत्यु

बिहीबार, २० वैशाख २०८१, १० : २७
बिहीबार, २० वैशाख २०८१

बेइजिङ । दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन् । दुर्घटना मिचोउ पहाड नजिक बुधबार मध्यराति २ बजे भएको थियो । जसमा सडकको एउटा लेनको १८ मिटरसम्मको भूभाग खसेको थियो ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार राजमार्ग भत्किँदा ५४ भन्दा बढी यात्रुहरू सवार २० सवारी साधन तल झरेका थिए । घटनाको जानकारी पाएलगत्तै ५ सय राहतकर्मी उद्धारमा लागेका थिए । चीन सरकारले यस विषयमा छानबिन गर्न आदेश दिएको छ ।

राजमार्ग बन्द

दुर्घटनापछि राजमार्ग अवरुद्ध भएको छ । यो राजमार्गले क्वाङ्तोङलाई फुचियान प्रान्तसँग जोड्छ । चीनमा मजदुर दिवसमा चार दिन बिदा हुन्छ र देशका अधिकांश राजमार्गहरू टोल फ्री छन् । यसका कारण सवारीसाधन बढी दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ ।

४ दिन अघि आएको थियो हावाहुरी

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार शनिवार दिउँसो क्वाङतोङमा आँधीबेहरी आएको थियो । यस अवधिमा यहाँ अधिकतम २० दशमलव ६ मिटर प्रति सेकेन्ड हावाको गतिले हुरी चलेको थियो । यसपछि भारी वर्षा  पनि भएको थियो । यसकै कारण राजमार्ग भत्किएको अनुमान गरिएको छ । आँधीका कारण ५ जनाको मृत्यु भएको छ भने ३३ जनाभन्दा बढी घाइते भएका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप