जसपा विभाजन : प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना
काठमाडौँ । निर्वाचन आयोगले नवगठित जनता समाजवादी पार्टी नेपाल(जसपा) का प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गरेर कित्ता छुट्टयाउन २१ दिने सूचना जारी गरेको छ । निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै जसपा नेपालका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यलाई २१ दिनभित्र सनाखतका लागि प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुन भनेको हो ।
आयोगको सूचना अनुसार नयाँ दल दर्ताको २१ दिन अर्थात् जेठ १३ गतेभित्र सनाखत गरिसक्नुपर्नेछ ।
सनाखतका लागि आयोग कार्यालय जाँदा आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्र पनि लैजानुपर्नेछ ।
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ बमोजिम अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई सोमबार नयाँ दल दर्ताको प्रमाण पत्र दिइसकेको छ । राईसँग ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य छन् भने प्रदेशसभामा २२ जना निर्वाचित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण