शीर्ष नेतासँग छलफलमा उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दलका शीर्ष नेताहरूसँग पार्टी कार्यालयमा छलफल गरेका छन् ।
अमेरिकामा भएको बेला वैशाख २२ गते जसपा नेपाल विभाजन भएकामा गए राति उनले स्वदेश फर्किएर आजदेखि पार्टीमा छलफल गरेका हुन् । अशोक राईको नेतृत्वमा फुटेको नयाँ पार्टी जनता समाजवादीलाई निर्वाचन आयोगले सोमबार नै आधिकारिकता दिएको थियो ।
पार्टी कार्यालयमा भएको छलफलमा अधिकांश नेताले अब पार्टीमा रहेका नेता तथा कार्यकर्तालाई जोगाउन नेतृत्व सक्रिय हुनुपर्ने सुझाव दिएका छन् ।
पार्टी विभाजनले मधेस प्रदेशमा कुनै असर नगरेको जसपा नेपालको निष्कर्ष छ । अब भएका पार्टी र नेतालाई जोगाउन तोकिएको समयमा महाधिवेशन हुनुपर्ने नेताहरूले सुझाव दिएको छलफलमा सहभागी एक नेताले रातोपाटीलाई बताए ।
उनीहरूले पार्टी फुटाउन राज्यले नै षड्यन्त्र गरेको पनि बैठकमा बताएका थिए । यसअघि यादवले बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग समेत छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शुभ विवाह’ मा सहकार्य गर्दै सुदर्शन र प्रदीप
-
पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति कांग्रेसको शोक प्रस्ताव (तस्बिरहरू)
-
परराष्ट्रको पत्र ‘गैरकानुनी’ भन्दै कूटनीतिक नियोगहरूलाई अर्को पत्र
-
नरेन्द्र मोदी र डोनाल्ड ट्रम्पबिच ३५ मिनेट फोनवार्ता : के –के भयो कुराकानी ?
-
तपाईलाई सुगर भएको त होइन ?
-
एआई हिममानवबाट ‘अभिमन्यु : च्याप्टर–१’को प्रचार