शीर्ष नेतासँग छलफलमा उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दलका शीर्ष नेताहरूसँग पार्टी कार्यालयमा छलफल गरेका छन् ।
अमेरिकामा भएको बेला वैशाख २२ गते जसपा नेपाल विभाजन भएकामा गए राति उनले स्वदेश फर्किएर आजदेखि पार्टीमा छलफल गरेका हुन् । अशोक राईको नेतृत्वमा फुटेको नयाँ पार्टी जनता समाजवादीलाई निर्वाचन आयोगले सोमबार नै आधिकारिकता दिएको थियो ।
पार्टी कार्यालयमा भएको छलफलमा अधिकांश नेताले अब पार्टीमा रहेका नेता तथा कार्यकर्तालाई जोगाउन नेतृत्व सक्रिय हुनुपर्ने सुझाव दिएका छन् ।
पार्टी विभाजनले मधेस प्रदेशमा कुनै असर नगरेको जसपा नेपालको निष्कर्ष छ । अब भएका पार्टी र नेतालाई जोगाउन तोकिएको समयमा महाधिवेशन हुनुपर्ने नेताहरूले सुझाव दिएको छलफलमा सहभागी एक नेताले रातोपाटीलाई बताए ।
उनीहरूले पार्टी फुटाउन राज्यले नै षड्यन्त्र गरेको पनि बैठकमा बताएका थिए । यसअघि यादवले बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग समेत छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण