रहिनन् दिव्या भारतीकी आमा, यसकारण भयो मृत्यु
दिव्या भारतीकी आमा मीता भारतीको मृत्यु भएको छ । मृत्यु भएको सातदिन पछि यसबारे मिडियामा खबर आएको हो ।
दिव्याकी सानीमाकी छोरी कायनात अरोडाले यसबारे पुष्टि गरेकी हुन् ।
मृगौला पूर्ण रुपमा खराब भएका कारण लामो समयदेखि बिरामी मीताको गत शुक्रबार मृत्यु भएको उनले जानकारी दिएकी छिन् ।
उनले भनिन्, ‘उहाँ अब हामीबिच हुनुहुन्न । उहाँको मृगौला पूर्ण रुपमा खराब भइसकेको थियो जसका कारण उहाँको शरिरबाट पानी चुहिन थालेको थियो । गत शुक्रबार नियमित उपचारका लागि अस्पताल पुर्याउँदा त्यही दिन मृत्यु भयो ।’
कायनातका अनुसार मीताले धेरै पटक दिव्या भारतीको कुरा गर्ने गर्थिन् । दिव्या भारतीलाई आफूले कहिले पनि नछोडेको उनले बताउने गरेको कायनातले सम्झिइन् । उनी भन्छिन्, ‘उहाँले दिव्या दिदीलाई निकै समर्थन गर्नुहुन्थ्यो । उहाँ छोरीसँग यति अट्याच हुनुहुन्थ्यो कि कहिले पनि बिर्सन सक्नुभएन । छोरीको मृत्युले उहाँलाई निकै आघात पुर्याएको थियो जसबाट उहाँ कहिले पनि बाहिर निस्कन सक्नुभएन । अब उहाँ छोरी भएठाउँ पुग्नुभएको छ ।’
दुःख पर्दा दिव्याका पूर्व श्रीमानले गरे मद्दतः
कायनात अरोडालाई विश्वास गर्ने हो भने दुःखको समयमा दिव्या भारतीका पूर्व श्रीमान् साजिद नाडियाडवालाले उनको (दिव्या) को परिवारलाई निकै मद्दत गरे । उनी भन्छिन्, ‘साजिद दिव्या दिदीको परिवारको साथमा चट्टानसहित खडा रहे । उनले दिव्या दिदीको आमाबुवालाई आफ्नै आमाबुवाजस्तै मान्दथे । जतिबेला साजिदको कुनै फिल्म रिलिजका लागि तयार हुन्थ्यो उनी दिव्या दिदीका परिवार र पाहुनाका लागि स्पेशन स्क्रिनिङ राख्ने गर्दथे । दिव्या दिदीको मृत्यु भएपछि उनले कहिले पनि एक्लोपनाको महसुस गर्न दिएनन् । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण