जितसँगै क्लपको भावुक बिदाइ
एनफिल्ड । लिभरपुलको म्यानेजरका रूपमा योर्गन क्लपको अन्तिम खेल जितमा अन्त्यमा भएको छ । आइतबार प्रिमियर लिग अन्तरगतको खेलमा लिभरपुलले घरेलु मैदान एनफिल्डमा १० खेलाडीमा सीमित वूल्भ्सलाई २–० गोलले हराएको हो ।

लिभरपुलले पहिलो हाफमा नै दुई गोल गरेको थियो । एलेक्सिस म्याक एलिस्टरले खेलको ३४ औँ मिनेटमा टोलीका लागि पहिलो गोल गरे भने जारेल क्वानसाले टोलीका लागि दोस्रो गोल गरे ।

टोलीले तेस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ । यो सिजन टोलीले काराबाओ कप मात्र जित्न सक्यो ।

क्लपसँगको ९ वर्षको यात्रा एनफिल्डको माहौल निकै भावुक बनेको थियो । क्लपले लिभरपुलको ४९१ खेलमा नेतृत्व गरेका थिए । यसमध्ये उनले २९९ खेल जितेका थिए । एनफिल्डमा खेलिएका १६७ प्रिमियर लिग खेलमध्ये उनले १२ मा मात्र हार बेहोरेका छन् । उनैको नेतृत्वमा टोलीले सन् २०१९ को च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने उनले नै ३० वर्षको पखाई अन्त्य गर्दै टोलीलाई लिग उपाधि दिलाएका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण