जितसँगै क्लपको भावुक बिदाइ

एनफिल्ड । लिभरपुलको म्यानेजरका रूपमा योर्गन क्लपको अन्तिम खेल जितमा अन्त्यमा भएको छ । आइतबार प्रिमियर लिग अन्तरगतको खेलमा लिभरपुलले घरेलु मैदान एनफिल्डमा १० खेलाडीमा सीमित वूल्भ्सलाई २–० गोलले हराएको हो ।
लिभरपुलले पहिलो हाफमा नै दुई गोल गरेको थियो । एलेक्सिस म्याक एलिस्टरले खेलको ३४ औँ मिनेटमा टोलीका लागि पहिलो गोल गरे भने जारेल क्वानसाले टोलीका लागि दोस्रो गोल गरे ।
टोलीले तेस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ । यो सिजन टोलीले काराबाओ कप मात्र जित्न सक्यो ।
क्लपसँगको ९ वर्षको यात्रा एनफिल्डको माहौल निकै भावुक बनेको थियो । क्लपले लिभरपुलको ४९१ खेलमा नेतृत्व गरेका थिए । यसमध्ये उनले २९९ खेल जितेका थिए । एनफिल्डमा खेलिएका १६७ प्रिमियर लिग खेलमध्ये उनले १२ मा मात्र हार बेहोरेका छन् । उनैको नेतृत्वमा टोलीले सन् २०१९ को च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने उनले नै ३० वर्षको पखाई अन्त्य गर्दै टोलीलाई लिग उपाधि दिलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म