हिटस्ट्रोकका कारण अस्पतालमा भर्ना भए शाहरुख खान
नयाँ दिल्ली । बलिउडका बादशाह शाहरुख खान अस्पताल पुगेका छन् । इन्डिया टुडेका अनुसार हिटस्ट्रोक र डिहाइड्रेशनका कारण शाहरुख खानलाई अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको थियो । शाहरुखको अभिन्न मित्र अभिनेत्री जुही चावला र उनका पति जे मेहता पनि उनलाई भेट्न अस्पताल पुगेको बताइएको छ ।
अस्पतालले शाहरुखलाई डिस्चार्ज गरिसकेको छ । शाहरुख खानको स्वास्थ्य सामान्य अवस्थामा फर्किरहेको र आइतबार हुन लागेको आईपीएलको फाइनल खेलमा आफ्नो टिम कोलकता नाइट राइडर्सलाई सपोर्ट गर्न उनी जाने जुहीले बताएकी छिन् । मंगलबार राति बिसञ्चो महसुस हुँदा हुँदै पनि अभिनेता आफ्नो टिमलाई सर्पोर्ट गर्न गएका थिए । उनलाई बिस्तारै सन्चो भइरहेको र फाइनलको खेलको आफ्नो टिमलाई चियर गर्न जाने जुहीको भनाइ छ ।
शाहरुख छोरी सुहाना, कान्छो छोरा अबराम र म्यानेजर पूजा दधलानीको साथमा केकेआर र सनराइजर्स हैदरावादको आईपीएल प्ले अफ हेर्न अहमदाबाद पुगेका थिए । केकेआरको समर्थनमा जुही चावला, जे मेहता, अभिनेत्री अनन्या पान्डे, सनाया कपूर, नभ्या नन्दा र अगस्त नन्दा पनि रङ्गशालामा देखिएका थिए ।
हालैका केही दिनयता भारतमा गर्मी खपी नसक्ने गरी बढेको छ । उत्तर प्रदेश, राजस्थान, चन्दीगढ, पञ्जाब, दिल्ली, हरियाणा लगायत देशका कयौँ हिस्सामा मौसम विभागले तातो हावाको लहर चल्ने भन्दै रेड अलर्ट नै जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण