सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

सप्तरीमा पेस्तोलसहित दुई जना पक्राउ

शनिबार, १२ जेठ २०८१, १६ : २१
शनिबार, १२ जेठ २०८१

सप्तरी । सप्तरीमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । शुक्रबार राति जिल्लाको खडक नगरपालिका–८ भदियाबाट पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली २ राउन्ड र म्यागजिन २ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सुरूङगा नगरपालिका– ६ श्रीपुर बस्ने ४५ वर्षीय विशेश्वर प्रसाद साह र काठमाडौँ टोखा नगरपालिका–८ बस्ने ४२ वर्षीय बमबहादुर तामाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले बोदेबर्साइनबाट बिसनपुरतर्फ जाँदै गरेको स.६ प. ५९०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई हतियारसहित फेला पारेर पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप