सप्तरीमा पेस्तोलसहित दुई जना पक्राउ
शनिबार, १२ जेठ २०८१, १६ : २१
सप्तरी । सप्तरीमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । शुक्रबार राति जिल्लाको खडक नगरपालिका–८ भदियाबाट पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली २ राउन्ड र म्यागजिन २ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सुरूङगा नगरपालिका– ६ श्रीपुर बस्ने ४५ वर्षीय विशेश्वर प्रसाद साह र काठमाडौँ टोखा नगरपालिका–८ बस्ने ४२ वर्षीय बमबहादुर तामाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले बोदेबर्साइनबाट बिसनपुरतर्फ जाँदै गरेको स.६ प. ५९०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई हतियारसहित फेला पारेर पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण