सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
सोमबार, १४ जेठ २०८१, १० : २४
सल्यान । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–६ का २६ वर्षीय सुकलाल घर्ती छन् ।
आइतबार बेलुका कपुरकोट गाउँपालिका–३ अरिङ्गाले फेदी भन्ने स्थानको राप्ती राजमार्गमा श्रीनगरतर्फ जाँदै गरेको रा १ ख १९१६ नम्बरको मालसामान बोकेको मिनीट्रक अनियन्त्रित भई दुर्घटना भएको थियो ।
ट्रक सडकदेखि ३ मिटर तल खसेको सल्यान प्रहरीले जनाएको छ ।
यस्तै ट्रकका सहचालक बनगाड कुपिन्डे नगरपालिका–९ का २१ वर्षीय तेज बहादुर बुढाथोकी घाइते भएका छन् । उनको श्रीनगरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण