सानेपामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु
मङ्गलबार, १५ जेठ २०८१, १५ : २६
काठमाडौँ । ललितपुरको सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका–६ कुनौरी घर भएका २४ वर्षीय विजय घिसिङ छन् ।
मंगलबार बिहान सानेपा स्थित स्टार अस्पताल अगाडी बा.७४ प ९२२१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परेर मन्थली नगरपालिका–६ कुनौरी घर भएका ३७ वर्षीय सन्जय कुमार घिसिङ घाइते भएका छन् । मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नरेश सुवेदीले रातोपाटीलाई बताए ।
घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण