‘किंग’मा छोरीसँग काम गर्न लागेको शाहरुखले दिए हिन्ट
नयाँ दिल्ली । गएको वर्ष बक्स अफिसमा शाहरुख खानको पठान, जवान र डंकी एक पछि अर्को गर्दै हिट भो । तर यो वर्षको यतिका महिना बितिसक्दा पनि बलिउडका बादशाहले नयाँ प्रोजेक्टको आधिकारिक घोषणा गरेका छैनन् । तर यसैबिच शाहरुखले आफ्नै छोरीसँग एउटा फिल्ममा काम गर्ने खबर आएको थियो । सुजोय घोषको निर्देशनमा बन्न लागेको यो फिल्मको नाम किंग बताइएको छ ।
यो एक्शन फिल्म आइकोनिक हलिउड फिल्मको रिमेक हुने हल्ला छ । तर फिल्मका निर्माता र शाहरुख खान दुवैले यसबारे अहिलेसम्म कुनै घोषणा गरेका छैनन् । तर शाहरुख खानको नयाँ भिडियोलाई फ्यानहरुले किंगको कन्फर्मेशन मानिरहेका छन् । शाहरुखको एक फ्यान क्लबले सामाजिक सञ्जाल एक्समा नयाँ भिडियो शेयर गरेको छ । यसमा उनी असोका फिल्मका निर्देशक सन्तोष सिवानको प्रशंसा गरिरहेका छन् ।
सन्तोषलाई गएको हप्ता कान्समा सिनेमेटोग्राफीका लागि ठूलो सम्मान दिइएको थियो । यस भिडियोमा शाहरुख बसेको सोफाको नजिकमा एउटा स्पाइरल बुक राखिएको छ । यसमा ‘किंग’ लेखिएको छ । यो हेरेर फ्यानहरु शाहरुखले अप्रत्यक्ष रुपमा किंगमा काम गरिरहेको संकेत गरेको भन्ने अड्कल सुरु गरेका छन् । एक यूजरले सो भिडियोमा ‘किंगको स्क्रिप्ट तयार छ भाइ’ भनेर लेखेका छन् ।
किंगमा डन अवतारमा देखिनेछ शाहरुखलाई ?
किंग हलिउडको क्लासिक फिल्म ‘लियोनः द प्रोफेशन’मा आधारित हुने बताइएको छ । यो शाहरुखको अलटाइम फेभरेट फिल्ममध्ये एक हो । पठान रिलिज हुनु अघि नै शाहरुखले यो फिल्मको नाम लिएका थिए । आफूले ‘लियोनः द प्रोफेशनल’ जस्तै फिल्ममा काम गर्न चाहेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण