भीमफेदी दुर्घटना अपडेट : अर्का एक पुरुषको पनि मृत्यु
हेटौंडा । भीमफेदी कार दुर्घटनामा घाइते भएका अर्का एक पुरुषको पनि मृत्यु भएको छ । मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना हुँदा ५ जना घाइतेमध्ये हालसम्म ३ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अर्का एक पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेमा एक बालिकासहित २ पुरुष गरी ३ जना रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा बुधबार दिउँसो अनियन्त्रित भई कार दुर्घटना हुँदा ५ जना घाइते भएका थिए । उनका अनुसार काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा६च ९३६९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको थियो । कार सडकबाट करिब २५० मिटर तल खसेको थियो । घाइते २ महिलाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुनेमा मकवानपुर मनहरी–८ बेलुवा २६ वर्षीय अर्जुन नेपाली र उनका ३ महिनाकी छोरी अर्जिता रहेकी छिन् । मृतक एक जनाको भने सनाखत हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण