काभ्रेस्थलीमा मिनीट्रक दुर्घटना, एक जनाको मृत्यु
बिहीबार, १७ जेठ २०८१, १७ : १२
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर–२ स्थित काभ्रेस्थलीमा मिनी ट्रक दुर्घटना भएको छ । बा.४ ख ३२० नम्बरको मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
मृत्यु हुनेमा काभ्रेस्थली घर भएकी २७ वर्षीय रमिला तोलाङ्गी छिन् । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । गाडी चालक सिन्धुली घर भएका २६ वर्षीय सुशील दमाई ‘रोशन’सहित पाँच जना घाइते भएका एसपी अधिकारीले जानकारी दिए ।
घाइते हुनेमा सुशील दमाई, सहचालक सिन्धुली घर भएका २० वर्षीय कृष्ण तामाङ, २६ वर्षीय गोपाल दमाई, २५ वर्षीय टेकबहादुर मर्स्याङ्दी र धादिङ घर भएकी १८ वर्षीय पविता तोलाङ्गी छन् । उनीहरूको जरङ्खुस्थित मेगा ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण