किम्फमा डोरबहादुर विष्टको वृत्तचित्र ‘म अलप हुन चाहन्छु’
काठमाडौँ । नेपालका विविध जातजाति र समुदायबारे अध्ययन अनुसन्धान गरेर ख्याति कमाएका डोरबहादुर विष्ट नेपालकै बौद्धिक व्यक्तित्वमा गनिन्छन् । उनी मानवशास्त्री र साहित्यकारका रूपमा समेत चर्चित छन् ।
२१ औं किम्फको दोस्रो दिन नेपाली मानवशास्त्रका संस्थापक प्राध्यापक उनै डोरबहादुर विष्टबारे बनेको वृत्तचित्र प्रदर्शन भयो । सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित ७९ मिनेटको वृत्तचित्रमा डोरबहादुरको बौद्धिक योगदान र निजी जीवनका विविध पाटा उजागर गरिएका छन् ।
प्राज्ञिक कर्मसँगै सामाजिक रुपान्तरणमा समेत झुकाव भएका डोरबहादुर २०५२ पुस २७ देखि रहस्मयी रूपमा बेपत्ता छन् । जुम्लाबाट नेपालगञ्ज उडेर यात्रा गरेको खबरयता आजपर्यन्त उनी अलप छन् ।
जीवित छँदा डोरबहादुर बेलाबखत भन्थे रे, ‘म अलप हुन चाहन्छु ।’ निर्देशक सचिन घिमिरेका अनुसार उनको यही भनाइलाई फिल्मको नाम दिइएको हो ।
जुम्लाको चौधाबीसा गाउँमा गएर त्यहाँका मानिसको जीवनस्तर उकास्न उनले महत्त्वपूर्ण काम गरेका थिए । उनको त्यही योगदानका कारण आज पनि डोरबहादुर जुम्लावासीका मनमा बास गरिरहेका छन् । यस वृत्तचित्रमा जुम्लावासीले उनलाई सम्झेर भावुक भएका कयौँ सन्दर्भ आएका छन् ।
फिल्ममा उनका परिवारका सदस्यबाहेक केही विदेशी अनुसन्धाताहरूले समेत डोरबहादुरको आनीबानी, बौद्धिकता र निजी जीवनबारे प्रकाश पारेका छन् ।
डोरबहादुरलिखित फ्याटलिज्म एन्ड डेभलपेन्ट र पिपुल अफ नेपाल नेपाली र विदेशी अध्येतामाझ समेत चर्चित छन् ।
यसअघि नेपाल र नेपालबाहिरका महोत्सवहरुमा समेत प्रदर्शन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण