मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
शनिबार, १९ जेठ २०८१, १० : ३८
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ट्याम्पो पार्कमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । गए राति भएको सो दुर्घटनापछि अस्पताल पुर्याइएका घाइते दुवै जनाको आज बिहान मृत्यु भएको हो ।
बा ५६ प ५०६५ को स्कुटर चालक काठमाडौँ घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठको किस्ट अस्पतालमा र बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल चालक खोटाङ साकेला घर भई लुभुमा बस्ने वर्ष २६ का लोकेश राईको बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण