काठमाडौँ र ललितपुरसहित छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौँ । काठमाडौँ, ललितपुर र सिरहा जिल्लामा भएका सवारी दुर्घटनामा परेर कम्तीमा ४ जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका-१४ कलंकीस्थित सडकमा बा.४ ख ४५६८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-१४ बस्ने ६३ वर्षीया अम्बिका वाग्लेको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नेपाल नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोल ट्याम्पो पार्कस्थित सडकमा बा.८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा.५६ प ५०६५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक खोटाङ साकेला गाउँपालिका घर भई ललितपुर लुभु बस्ने २६ वर्षीय लकेश राई र स्कुटर चालक काठमाडौँ साँखु घर भएका २१ वर्षीय आयुष श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लकेशको बिएण्डबि अस्पताल ग्वार्कोमा र स्कुटर चालक आयुषको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै सिरहाको अर्नमा गाउँपालिका-४ गोतहा पुलस्थित सडकमा लक्ष्मिपुरबाट सिरहातर्फ जाँदै गरेको स.१० प ६३९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय जितेन्द्र प्रसाद यादवको मृत्यु भएको छ । शुक्रबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगर मोरङमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण