बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

परफेट बडीका लागि यस्तो छ सन्नीको मिहिनेत

सोमबार, १७ वैशाख २०७५, ११ : ४७
सोमबार, १७ वैशाख २०७५

मुम्बई – बलिउड अभिनेत्री सन्नी लियोनी आफ्नो फिटनेशमा हमेसा ध्यान दिने गर्दछिन् । अचेल उनी आफ्नो बडी परफेट बनाउन जमेर वर्कआउट गरिरहेकी छन् ।

पछिल्लो केही दिनयता उनले जिममा वर्क आउट गरेको केही भिडियो समेत सार्वजनिक गरेकी छन् । जसमा उनले आफ्नो बडीलाई परफेट बनाउन गरेको वर्कआउट मिहिनेत देख्न सकिन्छ । 

बडीको परफेट बनाउन उनले जिममा बिभिन्न उपायाहरु समेत अपनाइ रहेकी छन् । अहिले उनले नियमित गर्दै आएको एक्सरसाइजको रेन्ज पनि बढाएकी छन् । 

सन्नी केही पहिले साउथ अफ्रिकामा गएकी थिइन् । सो समय आफ्नो फिटनेश ट्रेनरले आफूलाई हमेशा वाच गरेको उनले बताइन् । ‘यो समय मेरो खाने, बस्ने, सुत्ने र उठ्ने सबै ट्रेनरको हिसावले हुन्थ्यो’ सन्नीले भनिन्, ‘म पनि फिट रहन निकै मिहिनेत गरिरहेकी छु ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप