सरोज खानको समर्थनमा राखी सावन्त, भन्छिन्ः ‘फिल्मी उद्योगमा कसैले बलात्कार गर्दैन सबै सहमतीमा हुन्छ’
बलिउडकी चर्चित कोरियाग्राफर सरोज खानले कास्टिङ काउचमाथि दिएको विवावदास्पद बयान सेलाउन नपाउँदै अर्की नायिका राखी सावन्तले यसमाथि आफ्नो धारणा राखेकी छिन् ।
राखी सावन्तले सरोज खानको बयानलाई सही ठहराउँदै फिल्मी क्षेत्रमा कसैले बलात्कार नगर्ने बताइन् । उनले भनिन्, ‘कसैले कसैको बलात्कार गर्दैन, सबैकुरा सहमतीमा नै हुन्छ ।’
एक समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा राखी सावन्तले कास्टिङ काउचबारे कसैले पनि वास्तविकता नबताउने बताइन् । उनी भन्छिन्, ‘करियर बनाउनका लागि नयाँ कलाकारले जे सुकै गर तर मलाई काम देउ भन्छन् । यसमा निर्माताको के गल्ती ? सरोज जी गलत होइनन् ।’
‘बलिउडले बलात्कारपछि रोटी त दिन्छ’
आफूले पनि कास्टिङ काउचको सामना गर्नुपरेको बताउने राखी भन्छिन्, ‘जब म यो क्षेत्रमा नयाँ थिएँ मैले पनि कास्टिङ काउच झेल्नुपरेको थियो । तर मैले भेटेका सबै निर्माता–निर्देशक दोषी थिए भन्न खोजेकी होइन । ’
‘फिल्म र फेशन जगतमा महिला मात्र शिकार हुने होइन, पुरुष पनि यस्तो अवस्थाबाट गुज्रिएका हुन्छन्,’ उनले थपिन् ।
‘जहाँसम्म मेरो प्रश्न छ, यो सुरुवाती अवस्थामा थियो । तर मसँग प्रतिभा थियो र मैले हार मानिनँ । मैले नाई भन्न सिकें । र मैले आफ्नो जीवनको बाटो बनाउनका लागि एक कलाकारको रुपमा आफ्नो प्रतिभाको उपयोग गरें,’ उनले भनिन् । ‘म सबै स्ट्रग्लर्सलाई यो सल्लाह दिन चाहन्छु कि धैर्य गर्नुहोस् र सर्टकट्सको मोहमा नपर्नुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण