बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पहिलो पटक सार्वजनिक भयो कंगना रनोटको घर भित्रका तस्बिरहरु

बिहीबार, २० वैशाख २०७५, ११ : ५३
बिहीबार, २० वैशाख २०७५

बलिउड नायिका कंगना रनोटको मनालीस्थित घरको तस्बिर सार्वजनिक भएको छ । कंगनाको नयाँ घरको फोटो आर्किटेक्चुअल डाइजेस्ट इंडिया म्यागजिनको मे इश्यूका लागि खिचिएका छन् ।

आठवटा बेडरुम भएको कंगानाको घरमा उनको कोठा विशेष छ । कंगना हिमाचलकी भएकाले उनको घरमा हिमाचलको झलक देख्न पाइन्छ । उनको घरको इन्टेरियर डिजाइन ऋचा बहलले गरेकी हुन् ।

३० करोड भारुको घरः

कंगनाको घरको मूल्य ३० करोड बताइएको छ । एडी म्यागजिनका अनुसार उनले १० करोडको जग्गा खरिद गरी घर बनाउँदा २० करोड भारु लागत लागेको छ । यो सुविधासम्पन्न बंगलामा आठ बेडरुमका साथै डाइनिङ रुम, फायर प्लेस, जिम, योगा रुम रहेको छ ।

कंगना रनोटको  पारिवारिक पृष्ठभूमीः

कंगनाका पिता अमरदीप रनोट व्यवसायी हुन् र आमा आशा रनोट स्कूलकी शिक्षिका हुन् । उनकी एक दिदी छिन् जसको नाम रंगोली हो । रंगोली कंगनाकी म्यानेजर हुन् । उनी एसिड अट्याककी पिडितसमेत हुन् । कंगना आफ्नी दिदीको बयोपिक बनाउन चाहेको बताउँदै आएकी छिन् । कंगनाका अक्षत नामका एक भाइ छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप