बागमतीमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत फेस गर्ने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसद्बाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद्बाट विश्वासको मत लिने रणनीति बनाएसँगै मुख्यमन्त्री जम्कट्टेलले पनि विश्वासको मत लिने भएका हुन् ।
आइतबार काठमाडौँमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत फेस गरेर अघि बढ्ने सुझाव दिएपछि मुख्यमन्त्री जम्कट्टेल सोही अनुसार तयार भएको बताइएको छ । संसदीय दलका मुख्य सचेतक रत्न प्रसाद ढकालका अनुसार संसदीय दलको बैठकमा सबैले विश्वासको मत फेस गर्न सुझाव दिएको र केन्द्रबाट पनि सोही अनुसार निर्देशन प्राप्त भएकाले मुख्यमन्त्री जम्कट्टेल तयार भएका हुन् ।
विश्वासको मत लिने मिति भने एमालेका मन्त्रीहरूको राजीनामा पछि तय गरिने उनको भनाई छ । बैठकमा एमालेका मन्त्रीहरूको राजीनामा पछि संसद् बैठकका रणनीति र भूमिकाका बारेमा छलफल भएको उनले बताए । विश्वासको मत नलिने मुडमा रहेका मुख्यमन्त्री जम्कट्टेल बैठकपछि भने तयार भएको र एमालेका मन्त्रीहरूको राजीनामा बुझ्न काठमाडौँबाट आउँदै गरेको उनको भनाई छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको मुख्य सचेतक ढकालले बताए ।
यता एमालेका मन्त्रीहरूले आजै पदबाट राजीनामा दिने तयारी गरेका छन् । एमालेबाट संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले पदबाट राजीनामा दिने तयारी गरेका छन् । राजीनामा पछि एमालेले नयाँ गठबन्धन अनुसार कांग्रेससँगको गठबन्धनमा सरकार गठनको तयारी गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित चार ठाउँमा दुर्घटना, चार जनाको मृत्यु
-
कुष्ठरोगसम्बन्धी व्यापक रणनीति बनाउन जरुरी : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
-
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
नीति तथा कार्यक्रममा परिणाम न दृष्टिकोण, केबल भाषण : सांसद शाही
-
उत्तर कोरियाले पूर्वी जलक्षेत्रमा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको आरोप
-
नक्कली नोट सहित एक जना पक्राउ