बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सलमानको रेस थ्री सुटिङ समाप्त हुनु अगावै १ सय ९० करोडमा बिक्रि

शुक्रबार, २१ वैशाख २०७५, १३ : ०७
शुक्रबार, २१ वैशाख २०७५

सलमान खानको नयाँ फिल्म रेस थ्री सुटिङ अगावै बिक्री भइसकेको बताइएको छ । खबरका अनुसार फिल्ममा सह–निर्माता रमेश तैरानीले यसलाई १ सय ९० करोड भारुमा बेचिदिएका छन् ।

पिंकभिल्लाको रिपोर्ट अनुसार इरोसले फिल्म निर्मातालाई १ सय ९० करोड भारुमा यसलाई खरिद गर्ने अफर दिएका थिए । यसमा १ सय ६० करोड वर्ल्डवाइड डिष्ट्रिब्यूशन राइटसका लागि मिनिमम अमाउन्ट छ । यो फिल्मका निर्माता सलमान खान र रमेश तैरानी हुन् । निर्माता र इरोसबीच अबको केही दिनमा सम्झौता हुनेछ । उनीहरुले चाँडै नै यसको घोषणा गर्नेछन् ।

फिल्मलाई खरिद गर्नका लागि यशराज प्रोडक्शन, रिलायन्स र फक्स स्टूडियो पनि लाइनमा लागिरहेको बताइएको छ । यस वर्षको इदमा रिलिजको तयारी गरिरहेको यो फिल्मका निर्देशक रेमो डिसूजा हुन् । सलमानका साथै यो फिल्ममा अनिल कपूर, बबी देओल, साकिब सलिम, ज्याकलिन फर्नान्डिज र डेजी शाह पनि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप