सामसङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा
सोल । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको कारखानाका ३० हजार कर्मचारीहरू अनिश्चितकालीन हडताल गरेका छन् । मंगलबारदेखि तलब र अन्य सुविधाको माग गर्दै कर्मचारी संगठनले हड्तालको घोषणा गरेको हो ।
तीनदिने आम हडतालको अन्तिम दिन नेशनल सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू)ले यस्तो घोषणा गरेको हो । व्यवस्थापन आफ्ना मागमा वार्ता गर्न तयार नभएकाले यस्तो निर्णय गर्न बाध्य भएको युनियनले जनाएको छ ।
युनियनको वेबसाइटमा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिलो आम हड्तालपछि पनि कम्पनीले वार्ता गर्ने मनसाय नदेखाएकोले हामी जुलाई १० गतेदेखि दोस्रो अनिश्चितकालीन आम हड्तालको आह्वान गर्दछौँ ।’ एनएसईयूले दक्षिण कोरियामा सैमसंग इलेक्ट्रोनिक्समा कार्यरत एक चौथाई कामदारहरूको प्रतिनिधित्व गर्दछ ।
हडतालले उत्पादन अवरुद्ध भएको युनियनले बताएको छ । तर सामसङले यो दाबीलाई अस्वीकार गरेको छ । गत महिना युनियनले कम्पनीमा पहिलो पटक हडताल गरेको थियो । कम्पनीको करिब ५५ वर्षको इतिहासमा यो पहिलो पटक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण