राष्ट्रपतिको चुनावी दौडबाट बाहिरिन बाइडेनमाथि बढ्यो दबाब
वासिङ्टन डीसी । अमेरिकामा आगामी राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक पार्टीको उम्मेदवारीबाट पछि हट्न वर्तमान राष्ट्रपति जो बाइडेनमाथि दबाब बढ्दै गएको छ । दबाब दिनेहरूको सूचीमा पछिल्लो समय डेमोक्रेटका फन्डरेजर तथा हलिउड अभिनेता जर्ज क्लुनी पनि थपिएका छन् । न्यूयोर्क टाइम्समा प्रकाशित एक लेखमा क्लुनीले बाइडेनलाई चुनावी दौडबाट बाहिर निस्कन अपिल गरेका छन् ।
आफूले तीन हप्ता अघि चुनावी अभियानका लागि पैसा उठाउने एक कार्यक्रममा बाइडेनलाई भेटेको क्लुनीको भनाई छ । उनी आफूले सन् २०१० तिर भ्टदाको जस्तो बाइडेन नदेखिएको न त ४ वर्ष अघिको बाइडेन जस्तो थिए भनेर उनले भनेका छन् । बाइडेनलाई उम्मेदवारमा उठाएर डेमोक्रेटहरूले यो चुनाव जित्न नसक्ने चेतावनी क्लुनीले दिएका छन् । यसअघि पूर्वसभामुख न्यान्सी पेलोसीले पनि ८१ वर्षीय बाइडेनको उम्मेदवारीमाथि प्रश्न उठाएकी थिइन् ।
भर्मन्टका अमेरिकी सिनेटर पिटर वेल्शले पनि वाशिङ्गटन पोस्टमा एउटा लेखमा बाइडेनलाई देशको हितका लागि उम्मेदवारी त्याग्न अपिल गरेका थिए । बिहीबार राष्ट्रपतिका वरिष्ठ राजनीतिक सल्लाहकारहरूले बाइडेनको उम्मेदवारीको सन्दर्भमा उठ्ने प्रश्नहरूमा छलफल गर्न डेमोक्रेटिक सिनेटोरियल अभियान समितिसँग भेट गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण