राष्ट्रपतिको चुनावी दौडबाट बाहिरिन बाइडेनमाथि बढ्यो दबाब

वासिङ्टन डीसी । अमेरिकामा आगामी राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक पार्टीको उम्मेदवारीबाट पछि हट्न वर्तमान राष्ट्रपति जो बाइडेनमाथि दबाब बढ्दै गएको छ । दबाब दिनेहरूको सूचीमा पछिल्लो समय डेमोक्रेटका फन्डरेजर तथा हलिउड अभिनेता जर्ज क्लुनी पनि थपिएका छन् । न्यूयोर्क टाइम्समा प्रकाशित एक लेखमा क्लुनीले बाइडेनलाई चुनावी दौडबाट बाहिर निस्कन अपिल गरेका छन् ।
आफूले तीन हप्ता अघि चुनावी अभियानका लागि पैसा उठाउने एक कार्यक्रममा बाइडेनलाई भेटेको क्लुनीको भनाई छ । उनी आफूले सन् २०१० तिर भ्टदाको जस्तो बाइडेन नदेखिएको न त ४ वर्ष अघिको बाइडेन जस्तो थिए भनेर उनले भनेका छन् । बाइडेनलाई उम्मेदवारमा उठाएर डेमोक्रेटहरूले यो चुनाव जित्न नसक्ने चेतावनी क्लुनीले दिएका छन् । यसअघि पूर्वसभामुख न्यान्सी पेलोसीले पनि ८१ वर्षीय बाइडेनको उम्मेदवारीमाथि प्रश्न उठाएकी थिइन् ।
भर्मन्टका अमेरिकी सिनेटर पिटर वेल्शले पनि वाशिङ्गटन पोस्टमा एउटा लेखमा बाइडेनलाई देशको हितका लागि उम्मेदवारी त्याग्न अपिल गरेका थिए । बिहीबार राष्ट्रपतिका वरिष्ठ राजनीतिक सल्लाहकारहरूले बाइडेनको उम्मेदवारीको सन्दर्भमा उठ्ने प्रश्नहरूमा छलफल गर्न डेमोक्रेटिक सिनेटोरियल अभियान समितिसँग भेट गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत