८० हजारभन्दा बढीले गरे एम्बाप्पेलाई रियलमा स्वागत

मड्रिड । किलियन एमबाप्पेले रियल म्याड्रिडमा आबद्ध हुने आफ्नो बाल्यकालको सपना पूरा भएको बताएका छन् । खचाखच भरिएको स्यान्टियो बर्नाबेउमा मंगलबार स्वागत गर्दा उनले सो कुरा बताएका हुन् ।
फ्रान्सका २५ वर्षीय फरवार्डले पेरिस सेन्ट जर्मेनसँगको सम्झौताको म्याद सकिएपछि जुलाईमा क्लबसँग पाँच वर्षको सम्झौता गरेका थिए । तर, युरो २०२४ मा फ्रान्सको संलग्नताका कारण उनको प्रस्तुतिमा ढिलाइ भएको थियो । जहाँ टोली स्पेनसँग सेमिफाइनल चरणमा परााजित भएको थियो।
बर्नाबेउमा ८० हजारभन्दा बढी समर्थकहरूको भीडलाई सम्बोधन गर्दै एमबाप्पेले आफूले सधैँ आफूलाई रियल म्याड्रिडको खेलाडी भन्न सक्ने क्षणको सपना देखेको थियो। एम्बाप्पेले भने, ‘मैले रियल म्याड्रिडबाट एक दिन खेल्ने सपना देखेर रात बिताएँ र आज म एक खुसी मान्छे हुँ । मेरो परिवार यहाँ धेरै खुसी छ । म मेरी आमा रोएको देख्न सक्छु। यो मेरो लागि अविश्वसनीय दिन हो, मैले यो दिनको सपना सानैदेखि देखेको थिएँ । यो दिन मेरो लागि धेरै अर्थपूर्ण छ।’
एम्बाप्पेले पीएसजीबाट ३ सय ८ खेलमा २ सय ५६ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने