मुख्यमन्त्री जम्कट्टेलद्वारा नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने घोषणा
मकवानपुर । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नयाँ समीकरण अनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने घोषणा गरेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै सो घोषणा गरेका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले नयाँ राजनीतिक संस्कार विकास गर्न कांग्रेस एमालेको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेको उनले बताए । मुख्यमन्त्री जम्कट्टेलले रेकर्डका लागि संसद् बैठक माग गरेर आफ्नो धारणा राखेको बताए ।
सत्ता समीकरण अनुसार दुई ठुला दलले सरकार निर्माणको तयारी गरेकाले विश्वासको मत प्राप्त हुने अवस्था नरहेकाले मार्ग प्रशस्त गर्ने उनको भनाई थियो ।
उनका अनुसार माओवादी केन्द्र सशक्त र रचनात्मक प्रतिपक्षको भूमिकामा रहने छ । माओवादीले परिपक्व र संस्कारयुक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनको भनाई छ ।
मुख्यमन्त्री जम्कट्टेलले राजीनामाको घोषणा गरेसँगै प्रदेशसभाको सम्पूर्ण कार्यसूची हटाइएको प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले जानकारी दिए । मुख्यमन्त्री जम्कट्टेलले आज नै प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण