विराटनगरमा दिनदहाडै १४ लाख लुटपाट
विराटनगर । विराटनगर–३ मोर्डन एरा स्कुल अगाडिबाट दिनदहाडै लुटपाट भएको छ । निर्माण व्यवसायी विवेक कर्णको अफिसबाट आज दिउँसो ३ बजे १४ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको उनले बताएका छन् । मोटरसाइकलमा आएका दुई जना लुटेराले ब्यागमा राखिएको रकम लुटेर फरार भएको उनले बताए ।
उद्योगहरूमा कामदार पठाउने पाथीभरा म्यानपावर सप्लायर्सबाट रकम लुटपाट भएको उनले बताए । ‘लेभरको पेमेन्ट दिनको लागि विराटनगरको कञ्चनबारीस्थित एभरेस्ट बैंकबाट दिउँसो मेरो ज्वाइँ अमरेशकुमार कर्णले १४ लाख ४७ हजार रुपैयाँ लिएर अफिसमा आइपुग्नुभएको थियो । मोटरसाइकलमा आएका दुई जनामध्ये एक जना फोनमा बोल्दै भित्र आए । ब्यागमा राखिएको रकम लिएर फरार भए । त्यसपछि हामीले पनि लखेट्यौँ । मोटरसाइकलमा बसेर लुटेरा आयल निगम तिर हुँदै फरार भए,’ कर्णले भने, ‘प्रहरीमा पनि जानकारी गराइसके छ । अहिलेसम्म प्रहरी पनि आइपुगेको छैन ।’
यता मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले अहिलेसम्म प्रहरीमा खबर नआएको बताए । ‘लुटपाट भयो भनेर हामीलाई खबर आएको छैन,’ उनले भने, ‘घटना के रहेछ हामी यस विषयमा बुझ्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण