बागमती प्रदेश : कांग्रेस र एमालेले कुन-कुन मन्त्रालय पाए ?
मकवानपुर । बागमती प्रदेशमा बन्ने नयाँ सरकारमा नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालय र नेकपा एमालेले ६ मन्त्रालय लिने गरी सहमति भएको छ ।
सहमति अनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय छोड्ने र भौतिक पूर्वाधार विकास मन्त्रालय लिने सहमति बनेको हो ।
कांग्रेसले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिनेछ ।
यसैगरी एमालेले श्रम रोजगार तथा यातायात मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास लिने सहमति भएको कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले बताए ।
एमाले र कांग्रेसले सत्ता साझेदारीको समयसीमाको विषय पनि सहमति गरेका छन् । केन्द्रको सहमति अनुसार सत्ता साझेदारी गर्ने र सरकार परिवर्तनपछि अहिलेकै अनुसारको मन्त्रालय लिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण