राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बाइडेनद्वारा राष्ट्रका नाममा सम्बोधन
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बुधवार राति राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा बाइडेनले जनतालाई आफ्नो निर्णयबारे जानकारी गराउँदै नयाँ पुस्तालाई अघि बढाउन अपिल गरे ।
राष्ट्रपति बाइडेनले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान उपराष्ट्रपति तथा राष्ट्रपतिकी नयाँ उम्मेदवार कमला ह्यारिसलाई समर्थन गर्न आग्रह गरे । ओभल अफिसबाट राष्ट्रका नाममा गरेको सम्बोधनमा बाइडेनले देशमा नयाँ सोच र नयाँ आवाजको लागि ठाउँ रहेको बताए ।
यस क्रममा उनले भने, ‘लामो समयको अनुभवको आफ्नै महत्त्व छ, तर साथमा नयाँ आवाज, ताजा आवाज र हो, युवा आवाजको पनि आफ्नै समय र स्थान छ । आफ्नो पार्टीलाई एकताबद्ध गर ।’
बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन आफू सबैभन्दा राम्रो उम्मेदवार भएको हप्तौँदेखि जोड दिइरहेका थिए । तर, अचानक उनले दौडबाट पछि हटेको घोषणा गरेका हुन् । यस्तो अवस्थामा, यस भाषणको माध्यमबाट, बाइडेनले पहिलो पटक जनतालाई प्रत्यक्ष सम्बोधन गरे र आफ्नो निर्णयको कारण बताए ।
बाइडेनको यो सम्बोधनमा सारा विश्वको नजर अडिएको थियो । उनी कोभिड सङ्क्रमणबाट निको भएर एक दिनअघि नै ह्वाइट हाउस फर्किएका थिए । यसअघि पूर्व राष्ट्रपति र रिपब्लिकन राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि आक्रमण भएको एक दिनपछि बाइडेनले राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।
बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो समर्थन उल्लेख गर्दै आफ्नो भाषणको अन्त्य गरेका थिए । उनले भने, ‘म हाम्रा महान् उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिन चाहन्छु । उहाँ अनुभवी हुनुहुन्छ । उहाँ दृढ हुनुहुन्छ । उहाँ सक्षम हुनुहुन्छ । उहाँ मेरो लागि एक अद्भुत साझेदार र हाम्रो देशको लागि एक नेता हुनुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण