अमेरिकी राष्ट्रपति बाइडेन र इजरायलका प्रधानमन्त्री नेतन्याहुबिच भेटवार्ता

वाशिङटन डीसी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु यतिबेला अमेरिका भ्रमणमा छन् । सोही क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् ।
यसअघि नेतन्याहुले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गरेका थिए । बाइडेन र नेतन्याहुले एक अर्कालाई भेटेर गाजा युद्धविराम सम्झौताका सम्बन्धमा दुई पक्षबिचको मतभेदलाई समाधान गर्ने विषयमा कुराकानी गरेको ह्वाइट हाउसले बताएको छ । अमेरिकी कांग्रेसलाई सम्बोधन गरेपछि नेतन्याहुले बाइडेनलाई भेटेका थिए ।
नेतन्याहुले संसद्लाई सम्बोधन गरिरहँदा हजारौँ प्यालेस्टिनी समर्थकहरूले संसद् भवन बाहिर विरोध प्रदर्शन गरेका थिए । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि नेतन्याहुलाई भेटेकी छिन् । ह्यारिसले गाजामा भइरहेको मृत्युप्रति गम्भीर चिन्ता व्यक्त गरेकी थिइन् ।
आगामी महिनाहरूमा वर्तमान मुद्दाहरूमा राष्ट्रपति बाइडेनसँग काम गर्न आतुर रहेको नेतन्याहुले बताएका छन् । गाजा युद्ध सुरु भएको ९ महिना भइसकेको छ । युद्ध अन्त्य गर्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा नेतन्याहुमाथि धेरै दबाब आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार