अमेरिकी राष्ट्रपति बाइडेन र इजरायलका प्रधानमन्त्री नेतन्याहुबिच भेटवार्ता
वाशिङटन डीसी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु यतिबेला अमेरिका भ्रमणमा छन् । सोही क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् ।
यसअघि नेतन्याहुले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गरेका थिए । बाइडेन र नेतन्याहुले एक अर्कालाई भेटेर गाजा युद्धविराम सम्झौताका सम्बन्धमा दुई पक्षबिचको मतभेदलाई समाधान गर्ने विषयमा कुराकानी गरेको ह्वाइट हाउसले बताएको छ । अमेरिकी कांग्रेसलाई सम्बोधन गरेपछि नेतन्याहुले बाइडेनलाई भेटेका थिए ।
नेतन्याहुले संसद्लाई सम्बोधन गरिरहँदा हजारौँ प्यालेस्टिनी समर्थकहरूले संसद् भवन बाहिर विरोध प्रदर्शन गरेका थिए । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि नेतन्याहुलाई भेटेकी छिन् । ह्यारिसले गाजामा भइरहेको मृत्युप्रति गम्भीर चिन्ता व्यक्त गरेकी थिइन् ।
आगामी महिनाहरूमा वर्तमान मुद्दाहरूमा राष्ट्रपति बाइडेनसँग काम गर्न आतुर रहेको नेतन्याहुले बताएका छन् । गाजा युद्ध सुरु भएको ९ महिना भइसकेको छ । युद्ध अन्त्य गर्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा नेतन्याहुमाथि धेरै दबाब आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण