कृषि प्राविधिक पुनः आन्दोलनमा
काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरूले पुनः आन्दोलन गर्ने भएका छन् ।
आज अधिकृत स्तरका कर्मचारीहरूले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएर आन्दोलन गर्ने भएका हुन् । देशभरका करिब ३०० बढी कृषि प्राविधिक कर्मचारीले काम न गर्ने चेतावनी दिएका छन्।
गत १६ असारदेखि पहिलो पटक मन्त्रालयको प्रवेश द्वारमा १५ दिनसम्म धर्ना बसेका थिए । तर नयाँ मन्त्री रामनाथ अधिकारीले लिखित रूपमा १५ दिनको समय माग गरेका थिए सो अनुसार आफूले आन्दोलन स्थगन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले जानकारी दिए ।
उनले भने-'नेपाल कृषि सेवाका कर्मचारीहरूले विगत ३० दिनदेखि गरेको आन्दोलन जति प्रयास गरे पनि अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको असहयोगको कारण कुनै उपलब्धि हासिल नभएको कारण हामी पुनः १५ दिनअघि स्थगित धर्ना सहित आन्दोलनमा जाँदै छौँ । '
पौडेलका अनुसार २०७५ सालमा सरकारले समायोजन अध्यादेश ऐनमार्फत कर्मचारीहरूलाई समायोजन गरेपछि वृत्ति विकासका लागि नियमित रूपमा लोकसेवा नखोलिएको र तत्काल लोकसेवामार्फत सो कार्य सुरु गर्न माग गर्दै धर्नामा बस्दै आएका छन् ।
हाल देशभर ३०० भन्दा बढी कृषि प्राविधिकहरू छन् । तीमध्ये काठमाडौँ उपत्यकामा कार्यरत कर्मचारी धर्ना बस्ने पौडेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण