स्कार्पियो गाडीसहित सालको अवैध काठ बरामद
शुक्रबार, १८ साउन २०८१, ११ : ३८
रौतहट। इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको गस्ती टोलीले सालको अबैध काठ सहितको भारतीय नम्बरको स्कारपियो गाडी बरामद गरेको छ।
विशेष सूचनाको आधारमा डिएसपी राजकुमार राईको कमाण्डमा गएको टोलीले बिहीवार राति अढाई बजे चन्द्रपुर ६ बेलडि स्थितमा एच आर १४ सी ८६९७ नम्बरको स्कोरपियो गाडी माथि शङ्का लागि चेकजाँच गर्दा गाडीभित्र लुकाई छिपाई राखेको सालको ५ थान गोलिया बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।
बरामद गरिएको साढे २३ क्युफिट सालको काठ सहित गाडीको कुल १५ लाख, ५१ हजार,७०० रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारवाहिको लागि शुक्रवार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण