एयर डाइनेस्टी दुर्घटना
हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन
बुधबार, २३ साउन २०८१, १७ : ५७

काठमाडौँ । बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले तीन सदस्यीय छानबिन समिति गठन गरेकाे छ । बुधबार आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हाे ।
नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार छानबिन समितिको सदस्यहरूमा एरोनोटिकल इन्जिनियरहरु विष्णु बस्नेत र तनुजा पोखरेल रहेका छन् । समितिलाई प्रतिवेदन तयार गर्न ३० दिनको कार्यादेश दिइएको छ ।
बुधबार नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्क्विड गेमको सिजन ३ ल्याउँदैछन् मेकर
-
भयानक कार दुर्घटनामा इन्डियन आइडल–१२ विजेता पवनदीप राजन घाइते
-
ओलीको जेलजीवन सम्झाएर खगराजले मागे गण्डकीलाई बजेट
-
लेडी गागाको कन्सर्टमा बम प्रहार गर्ने प्रयास विफल
-
हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एक जनाको मृत्यु
-
नेपालमा मृत्युको स्थिति : सबैभन्दा धेरै कोशी प्रदेशमा, सबैभन्दा न्यून कर्णालीमा