जीवनमै नसोचेको कुरा भयो – अभिनेता खगेन्द्र लामिछाने
काठमाडौं – अभिनेता खगेन्द्र लामिछाने दर्शक माझ नामले भन्दा पनि कामले चिनिन्छन् । कहिले ‘टुल्के’ कहिले ‘धनपति’ परिचय बनाएका उनी अहिले ‘डमरु’को नामले चिनिन थालेका छन् । यो नाम उनले पछिल्लो चलचित्र ‘डमरुको डन्डिबियो’बाट पाएका हुन् । उनले ‘डन्डीबियो’ खेल स्थापित गर्ने उदेश्य बोकेका चलचित्रमा डमरु चरित्रको भुमिका निर्बाह गरेका हुन् ।
‘बधशाला’बाट अभिनयमा डेब्यु गरेका उनी रंगमञ्च हुँदै चलचित्र भित्रिएका हुन् । लेखन समेत आफै गर्दै आएका उनले ‘पशुपति प्रसाद’ अभिनयबाट धेरैको मन जित्न सफल भएका थिए ।
जीवन्त अभिनय गरेर दर्शक रिझाउन सफल उनी निकै थोरै चलचित्र अभिनय गरेपनि धेरै चर्चा पाउने अभिनेता हुन् । त्यसो त उनी जुनसुकै चलचित्र गर्दैनन् । उनी मुख्यतया मौलिक कथा र पटकथा भएको चलचित्र अभिनय गर्न रुचाउने पात्र पनि हुन् । अहिले आएको ‘डमरुको डण्डीबियो’ पनि उनी आफैले नै लेखेका हुन् । गत २१ शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रले अहिले दर्शकलाई खेल सिकाइरहेको छ ।
‘डमरुको डण्डीबियो’ छेतन गुरुङको निर्देशनमा बनेको छ । नेपालबाट लोप हुँदै गरेको नेपालको पुर्व राष्ट्रिय खेल ‘डण्डीबियो’लाई जगेर्ना गर्न उदेश्यले चलचित्र निर्माण गरिएको हो ।
खगेन्द्रको अलवा मेनुका प्रधान, अनुप बराल,अंकित खड्का, वुद्दि तामाङ लगायत कलाकारको डमरुको डण्डीबियोमा’ अभिनय रहेको छ । खगेन्द्र यसपटक खेलाडी बन्न पाउँदा निकै खुसी देखिएका छन् ।
‘डमरुको डन्डिबियो’ प्रदर्शनमा नआउँदै अभिनेता खगेन्द्र निर्देशक छेतेनका चलचित्रको प्रचारमा रातोपाटी स्टुडियोमा समेत आएका थिए । सो समय कुराकानीको क्रममा चलचित्र अभिनय जीवनमै नसोचेको उनले बताए । ‘मेरो चलचित्र खेल्ने सपना नै थिएन । तर, अहिले चलचित्र खेल्दा म निकै खुशी छु । जीवनमै नसोचेको कुरा भयो जस्तो लाग्छ ।’
उनको सानै देखिको इच्छा लेखक बन्ने थियो । सोही इच्छा बोकेर उनी गाउँबाट राजधानी छिरेका थिए । उनको अहिले लेखक र अभिनेता दुबै परिचय बनेको छ ।
राम्रो अभिनेता भएपछि खगेन्द्रले अवार्डहरु नपाउने त कुरै भएन नि । केही अवार्ड समारोहमा उनको नाम पनि घोषणा भएका थिए । तर उनी उक्त समारोहमा जान रुचाउँदैैनन् । अवार्डको विषयमा उनी भन्छन् ‘म चलचित्र खेलेरै खुशी छु, त्यसैले म अवार्ड समारोहमा जान्नँ ।’
करिब आधा घन्टा रातोपाटीमा चलचित्र र आफ्ना बिषयमा कुराकानी गरेका खगेन्द्रले देशबाट लोप हुँदै गएको ‘डण्डीबियो’को कथा पर्दामा उतार्न खोज्नु आफैँमा चुनौती पूर्ण समेत रहेको सुनाए । चलचित्रको प्रर्दशन पछि ‘डन्डीबियो’ खेल पुन राष्ट्रिय खेलमा नफर्किए पनि यो खेल गाउँगाउँ र घरघरमा खेलिने बिश्वास उनमा रहेको पाइयो । उनै अभिनेता खगेन्द्रसँग रातोपाटी स्टुडियोमा गरिएको गरिएको भिडियोमा कुराकानी :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण