काठमाडौँ । भारतको पश्चिम बंगालको कोलकातामा एक प्रशिक्षार्ठ्ठी महिला चिकित्सकको बलात्कारपछि हत्या गरिएको विरोधमा नेपालमा पनि प्रदर्शन गरिएको छ । वैज्ञानिक समाजवादी विद्यार्थी र महिला संगठनले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो ।
_dRwJQ226HR.jpg)
कोलकाताको आरजी कर अस्पतालकी ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकको अघिल्लो शुक्रबार बलात्कारपछि हत्या गरिएको थियो । ती चिकित्सकको शव आरजी कर मेडिकल कलेजको सेमिनार हलमा अर्धनग्न र चोटपटक लागेको अवस्थामा फेला परेको थियो ।
_GkDmJKPMTs.jpg)
अस्पताल स्रोतका अनुसार ती महिला चिकित्सक आफ्नो ड्युटी सकेर आराम गर्न गएकी थिइन् । घटनाको विरोधमा भारतको कोलकाता, नयाँदिल्ली, हैदराबाद, मुम्बई, पूणे, लखनऊ, अहमदाबाद, गुहावटी, चेन्नई प्रयागराज लगायतका सहरहरूमा पनि विरोध प्रदर्शन गरिएका छन् । तीमध्ये अधिकांश प्रदर्शनको नेतृत्व चिकित्सकहरूले गरेका छन् ।
_P84xEU61i8.jpg)
_y6amYaDFIE.jpg)
_iimo6p27pB.jpg)
_cXcmbP6UFI.jpg)
_OUlAE13vP0.jpg)
_4Og8P5s3qZ.jpg)
_UHIaoLeOiD.jpg)
_YOOAGlaYal.jpg)
_4SqG3aVxUd.jpg)
_TKKoylY5cR.jpg)
_AsZDDHVQqi.jpg)
प्रतिक्रिया