ब्राजिलियन डिफेन्डर मिलिटोका लागि आएको ठुलो रकमको प्रस्ताव अस्वीकार गर्यो रियल म्याड्रिडले
काठमाडौँ । आफ्ना एक प्रभावशाली खेलाडीका लागि साउदी अरेबियाको क्लबबाट आएको ठुलो धनराशीसहितको प्रस्तावलाई स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले अस्वीकार गरेको छ ।
साउदी क्लबले रियल म्याड्रिका २६ वर्षीय ब्राजिलियन डिफेन्डर ग्याब्रियल मिलिटोका लागि १० करोड युरोको प्रस्ताव गरेको थियो । साउदी क्लबको नाम भने रियल म्याड्रिडले खुलाएको छैन । ब्राजिलियन राष्ट्रिय टोलीका प्रभावशाली सदस्यसमेत रहेका मिलिटो सन् २०१९ मा रियल म्याड्रिडमा आबद्ध भएका थिए । अघिल्लो सिजन घाइते भएकाका कारण अधिकांश खेल गुमाएका थिए ।
उनले रियल म्याड्रिडका लागि एक सय ५६ खेल खेलिसकेका छन् । रियल म्याड्रिडमा आबद्ध हुनुअघि उनी पोर्चुगिज क्लब एफसी पोर्टोबाट ब्यवसायिक फुटबल खेल्थे । रियल म्याड्रिडसँग मिलिटोको सम्झौता अवधि सन् २०२८ सम्म रहेको छ । रियल म्याड्रिडलाई उनले दुई पटक च्याम्पियन्स लिगको उपाधि चुमाएका छन् ।
यसका अतिरिक्त उनले रियल म्याड्रिडलाई तीन पटक ला लिगाको उपाधि पनि जिताएका छन् । रियल म्याड्रिड स्पेनिस ला लिगाको साविक विजेता हो । नयाँ सिजनको ला लिगामा रियलले आइतबार मलोर्काको सामना गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण