१४ वर्षीय छोरालाई लुटपाट गर्न लगाउने एक पिता
भिएना । अस्ट्रिया एक व्यक्तिले आफ्नो १४ वर्षीय छोरा र उनको साथीलाई लुटपाट गर्न प्रेरित गरेका खुलासा भएको छ । जब उनीहरू पक्राउ परे, अदालतमा ती बाबुले उनीहरूमाथि नै दोष थोपार्ने प्रयास गरेका थिए ।
३४ वर्षीय ती व्यक्ति भिएनाको क्षेत्रीय अदालतमा उपस्थित भएका थिए । उनले आफ्नो १४ वर्षीय छोरा र उनको १७ वर्षीय साथीमाथि शृङ्खलाबद्ध लुटपाटको आरोप लगाए । ती व्यक्तिका अनुसार उनीहरू नै लुटपाटको मुख्य योजनाकार थिए । आफू भने सहयोगी चालक मात्र भएको उनको दाबी थियो ।
तीन जनाको मोडस ओपरान्डी हरेकपटक एकै प्रकारको हुने गरेको थियो । दुई जना नाबालकहरू अनुहारमा कालो मास्क लगाएर चक्कु वा पेस्तोल बोकेर पसल र ग्यास स्टेसनमा लुटपाट गर्न पुग्थे, जबकि ती ३४ वर्षीय व्यक्ति कार लिएर बाहिर पर्खिरहेका हुन्थे ।
शृङ्खलाबद्ध रूपमा ७ वटा लुटपाटका घटना घटाएपछि बल्ल उनीहरू पक्राउ परेका थिए । तर, घटनामा आफ्नो भूमिका स्वीकार गर्नुको साटो ती व्यक्तिले सबै दोष नाबालकहरूमाथि थोपारेका थिए । उनीहरूले नै आफूलाई लुटपाटका लागि मनाएको उनको भनाई थियो ।
फोनको रेकर्ड र लुटपाटमा प्रयोग भएका हतियार उनकै भएको प्रमाण पेस गर्दा पनि उनले आफ्नो दलिल दोहोराएका थिए । उता, अभियोजक र नाबालकका वकिल दुवैले ती व्यक्ति नै लुटपाटको मुख्य योजनाकार रहेको दाबी गरेका थिए ।
यद्यपि, आफ्नो छोरा अदालतमा उपस्थित हुनुभन्दा अघि नै ती व्यक्तिले आफ्नो मन बदले र सबै गल्ती स्वीकार गरेका थिए । ती व्यक्तिलाई ८ वर्षको जेल सजाय सुनाइएको छ ।
यता, उनका छोरालाई साढे ३ वर्ष जेल सजाय सुनाइएको छ जसमध्ये उनले कम्तीमा १ वर्ष जेलमा बिताउनुपर्नेछ । १७ वर्षीय किशोरलाई साढे दुई वर्ष जेल सजाय तोकिएको छ । यसमध्ये उनले १० महिना जेलमा बिताउनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण