नेतृत्वबाट हस्तक्षेप हुँदैन, प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा हुन्छ : हिमाल शर्मा
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)का इन्चार्ज हिमाल शर्माले प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा नेतृत्व छनोट गर्ने बताएका छन् । बिहीबार त्रिभुवन विश्वविद्यालयमा भएको क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको शुभकामना दिँदै शर्माले प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयन हुनेमा निश्चित रहन बताएका हुन् ।
‘हामीले पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा प्रतिनिधि छनोट गरेर आएका छौँ । संगठनको केन्द्रीय पदाधिकारी र सदस्यहरू पनि प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा नै छनोट गर्ने प्रतिबद्धता व्यक्त गर्छौं’, उनले भने, ‘अध्यक्ष प्रचण्डलाई साक्षी राखेर म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु । यसपटक नेतृत्वबाट हस्तक्षेप हुनेछैन । जसले जितेपनि क्रान्तिकारीले जित्ने हो भनेर अध्यक्षले भन्नुभएको छ ।’
निर्वाचनमा पराजित भएकाहरूलाई पनि पार्टीले उचित जिम्मेवारी दिइने शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण