जिरोकिलो–दोलालघाट सडकखण्ड सञ्चालनमा
आइतबार, १३ असोज २०८१, २० : १८

काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत जिरोकिलो–दोलालघाट सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षासँगैको बाढीका कारण अवरुद्ध बनेको सडक कामचलाउ रूपमा मर्मत गरेर यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जिरो किलो आसपासका क्षेत्रसहितका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण शनिबारदेखि सडक प्रभावित बनेको थियो । अझैपनि सडक ठाउँठाउँमा समस्या रहेपनि क्रमशः मर्मत गरिँदै लगिने बताइएको छ ।
राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटक पटक अवरुद्ध हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश