अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (अखिल क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ । बिहीबारदेखि दसैँ सुरु भएको र देशभर बाढी पहिरोका कारण विशेष परिस्थिति सिर्जना भएकाले बन्दसत्र स्थगित गरिएको क्रान्तिकारीको अध्यक्षमण्डले जनाएको छ ।
बन्द सत्रमा छलफलको लागि प्रस्तावित विधान र प्रतिवेदन उपर छलफल जारी रहेको र विधान पारित भई पारित विधान बमोजिम निर्वाचन सम्पन्न गर्न समयको पर्याप्तताबारे पार्टीको निर्वाचन आयोगसँग परामर्श हुँदा समेत निर्वाचनको सबै प्रक्रिया पुरा गर्न दसैँ अगाडिको समय पर्याप्त नभएको प्राप्त सुझावलाई समेत मध्यनजर गरी निष्कर्षमा पुग्न अध्यक्ष मण्डलबिच व्यापक र गम्भीर छलफल हुँदा हाल जारी रहेको राष्ट्रिय सम्मेलन स्थगित गर्न उचित र श्रेयकर भएको निष्कर्षसहित हाललाई जारी सम्मेलन स्थगित गर्ने निर्णय गरेको बुधबार जारी गरेको जरुरी सूचनामा उल्लेख छ ।
‘अर्को सूचना जारी नभएसम्मको लागि बाँकी प्रक्रिया पुरा गर्ने प्रयोजनको लागि चालु रहेको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित गरिएको ब्यहोरा अध्यक्ष मण्डलको आज मिति २०८१ साल असोज १६ गते बसेको बैठकको निर्णय बमोजिम यस अनेरास्ववियु क्रान्तिकारीको सम्बन्धित सम्पूर्ण निकाय, पदाधिकारीहरू, सम्मेलनमा प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण प्रतिनिधि लगायत सबैमा जानकारी गराउँदछौँ’, सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण