तोकिएकै समयमा अधिवेशन गर्न दलित संघलाई नेता कोइरालाको सुझाव
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भातृ संस्था नेपाल दलित संघ केन्द्रीय कार्यसमिति (तदर्थ) मा मनोनीत सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका छन् । नेता कोइरालाले आइतबार बिहान उनको सम्पर्क कार्यालय बालुवाटारमा बोलाएर मनोनित भएकाहरूलाई बधाइ शुभकामना दिएको उनी निकट केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले जानकारी दिए ।
सो क्रममा नेता कोइरालाले गुट उपगुटको राजनीतिमा नलागी तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको पनि पोखरेलले जानकारी दिए । ‘सबै मिलेर दलित संगठन बलियो बनाउन तथा समुदायका मानिसहरूलाई सक्रिय बनाउँदै बढी क्रियाशील सदस्य बनाउन उहाँले भन्नुभयो‚’ पोखरेलले भने‚ ‘साथै गुट उपगुट नभनि समयमै महाधिवेशन सम्पन्न गर्न उहाँले निर्देशन दिनुभयो ।’
कोइरालाको सम्पर्क कार्यालयमा केन्द्रीय सदस्य गोविन्दराज पोख्रेल, संघीय सांसद राजेन्द्र बजगाँई, रसुवाका पूर्वसभापति बालचन्द्र पौडेल‚ सिन्धुपाल्चोकका पूर्वसभापति भुपेन्द्र थापासहित दलित संघ केन्द्रीय अध्यक्ष लोकबहादुर विक लगायत तदर्थ समितिमा मनोनित सदस्यहरू पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण