लेवान्डोस्कीको ह्याट्रिकमा बार्सालाई ३ अङ्कको अग्रता
मड्रिड । रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले बार्सिलोनाले ला लिगामा डिपोर्टिभो आलाभेसमाथि सहज जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोना ३–० गोलले विजयी बन्यो ।
यो सिजन उत्कृष्ट फर्ममा रहेका राफिन्हाले खेलको चौथो मिनेटमा बार्सिलोनाका लागि गोल गरेका थिए । तर, उक्त गोल अफसाइड भन्दै रद्द गरिएको थियो । यद्यपि, बार्सिलोनाले पहिलो गोलका लागि लामो समय पर्खिन परेन । राफिन्हाले नै तीन मिनेटपछि लेवान्डोस्कीका लागि गोलको अवसर सिर्जना गरे ।
२२ औँ मिनेटमा राफिन्हाकै पासमा लेवान्डोस्कीले दोस्रो गोल गरे । १० मिनेटपछि उनले आफ्नो ह्याट्रिक पुरा गरे । पोलिस स्ट्राइकरले यो सिजन सबै प्रतियोगितामा १२ गोल गरेका छन् ।
जितपछि हान्सी फ्लिकको टोलीले शीर्ष स्थानमा ३ अङ्कको अग्रता बनाउन सफल भएको छ । ९ खेलबाट टोलीको २४ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको २१ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण