६ गोलको थ्रिलरमा बराबरीमा रोकियो बायर्न
म्युनिख । निकै रोमाञ्चक बनेको खेलमा बायर्न म्युनिख एइनट्राक्ट फ्रांकफर्टसँग बराबरीमा राकिएको छ । बुन्डेस लिगा अन्तरगत आइतबार राति भएको दुई टोलीबिचको खेल ३–३ गोलको बराबरीमा टुंगिएको हो ।
खेलको १५ औँ मिनेटमा नै किम मिन जेले बायर्नलाई अग्रता दिलाएका थिए । तर, २२ औँ मिनेटमा ओमार मारमुसले फ्रांकफर्टका लागि बराबरी गोल फर्काए । उनले लिगमा गोल गरेको यो लगातार पाँचौँ खेल पनि थियो ।
इजिप्टका फरवार्डले ३५ औँ मिनेटमा ह्युगो एकिटिकेलाई गोलको अवसर पनि सिर्जना गरे । तर, टोलीको अग्रता भने लामो समय टिक्न सकेन । डायोट उमापेकानोले ३८ औँ मिनेटमा बायर्नका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफको सुरुवातमा ह्यारी केनको पासमा माइकल ओलिसेले बायर्नलाई अग्रता दिलाए । टोली जिततर्फ अघि बढिरहँदा इन्जुरी समयको चौथो मिनेटमा ओमारले गोल गर्दै खेल बराबरी गरे । उनले फ्रांकफर्टका लागि पछिल्ला ८ खेलमा १० गोल गरेका छन्।
बराबरीपछि बायर्न ६ खेलबाट १४ अङ्क बटुल्दै लिगको शीर्ष स्थानमा कायम छ । फ्रांकफर्ट १३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण