ट्रम्पलाई राष्ट्रपति बनाउन सबै कुरा गर्न तयार छुः मस्क
वासिङ्टन । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । सो निर्वाचनमा रिपब्लिकन दलको तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । उता, डेमोक्रेटिक पार्टीबाट वर्तमान उप–राष्ट्रपति प्रतिस्पर्धामा छिन् । चुनावी अभियान यतिबेला तीव्र बनेको छ । यसैबिच दिग्गज अमेरिकी व्यापारी एलन मस्कले सोमबार ट्रम्पलाई दोहोर्याएर राष्ट्रपति बनाउन आफूले सबै कुरा गर्न तयार रहेको बताएका छन् ।
यसबाहेक मस्कले ह्यारिसमाथि कटाक्ष गरेका छन् । उनले चुनाव जिते लोकतन्त्रमा खतरा हुने उनको दाबी थियो ।
‘मेरो विचार यो छ कि यदि ट्रम्पले चुनाव जितेनन् भने यो पटकको चुनाव अन्तिम हुनेछ,’ उनको भनाइ थियो । हालैका वर्षहरूमा मस्क कयौँ विवादहरूमा घेरिएका छन् ।
केही राज्यहरूमा अवैध आप्रवासीहरूलाई जानाजानी राखिएकोमा आफू विश्वस्त रहेको र यिनीहरूलाई डेमोक्रेटको पक्षमा मतदान गर्न नागरिकता दिइने अभिव्यक्ति उनले दिएका थिए ।
अमेरिकामा अबको सरकार पनि डेमोक्रेट नै भयो भने सबै अवैध आप्रवासीहरूलाई वैध बनाइने र अर्को चुनावमा कुनै स्विङ स्टेट नरहने अनि अमेरिका एक दलीय देशमा परिणत हुने उनको दाबी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण