तेस्रो चरणको बन्द प्रशिक्षणका लागि क्यानद्वारा महिला यू–१९ टोलीको घोषणा
सोमबार, २८ असोज २०८१, १० : ५३
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू–१९ महिला टी–२० विश्वकपको आगामी नोभेम्बरमा आयोजना हुने एसियाली क्षेत्रको छनोट प्रतियोगितालाई ध्यानमा राखी तेस्रो चरणको बन्द प्रशिक्षण सञ्चालन गर्न १८ जना खेलाडी छनोट गरेको छ ।
तेस्रो चरणको बन्द प्रशिक्षण शिविर असोज ३० गतेदेखि भैरहवामा सञ्चालन हुने क्यानले जनाएको छ । उक्त बन्द प्रशिक्षण शिविरका लागि घोषित टोलीमा मनिषाकुमारी उपाध्याय, एलिसाकुमारी यादब, आश्मा पुलामी मगर र कुसुम गोदार रहेका छन् ।
यसैगरी, टोलीमा सना प्रविन, पूजा महतो, सावित्री धामी, कृश्मा गुरुङ, ज्योत्सिनका मरासिनी, स्नेहा महरा, सोनी पाख्रिन, भवानी कामती, सिमाना केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा बिक, किरनकुमारी कुँवर र रञ्जु श्रेष्ठ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण