तेस्रो चरणको बन्द प्रशिक्षणका लागि क्यानद्वारा महिला यू–१९ टोलीको घोषणा
सोमबार, २८ असोज २०८१, १० : ५३

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू–१९ महिला टी–२० विश्वकपको आगामी नोभेम्बरमा आयोजना हुने एसियाली क्षेत्रको छनोट प्रतियोगितालाई ध्यानमा राखी तेस्रो चरणको बन्द प्रशिक्षण सञ्चालन गर्न १८ जना खेलाडी छनोट गरेको छ ।
तेस्रो चरणको बन्द प्रशिक्षण शिविर असोज ३० गतेदेखि भैरहवामा सञ्चालन हुने क्यानले जनाएको छ । उक्त बन्द प्रशिक्षण शिविरका लागि घोषित टोलीमा मनिषाकुमारी उपाध्याय, एलिसाकुमारी यादब, आश्मा पुलामी मगर र कुसुम गोदार रहेका छन् ।
यसैगरी, टोलीमा सना प्रविन, पूजा महतो, सावित्री धामी, कृश्मा गुरुङ, ज्योत्सिनका मरासिनी, स्नेहा महरा, सोनी पाख्रिन, भवानी कामती, सिमाना केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा बिक, किरनकुमारी कुँवर र रञ्जु श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबिच सहकार्य आवश्यकता छ : सभामुख
-
२०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट, ट्रम्प बाइडेनलाई दोष थोपर्दै
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कस्तो फल ?
-
किन आवश्यक छ सामाजिक सुरक्षा कोष ?
-
च्याम्पियन्स लिग : बार्सिलोना र इन्टर मिलानबीच कडा टक्कर