हिउँदमा फ्रिजलाई कति तापमानमा चलाउने ?
काठमाडौँ । अक्टोबर महिना चलिरहेको छ । बिहानैदेखि मौसममा अलिकति चिसो महसुस हुन थालिसकेको छ । अधिकांशले त घरको एयर कन्डिसनर (एसी) पनि चलाउन छाडिसके होलान् ।
जाडो चर्किन थालेपछि त फ्रिजको आवश्यकता पनि कमै महसुस हुन्छ । आजको यस लेखमा हामीहरू फ्रिजलाई कति तापमानमा चलाउने भन्नेबारे कुराकानी गर्नेछौं ।
जाडोमा हामी फ्रिजमा बरफ जमाउन वा पानीका बोतलहरू राख्न पनि छाड्छौं । यस्तोमा फ्रिजलाई कम तापक्रममा सेट गर्न सकिन्छ । बरफ बनाउन र पानीलाई चिस्याउन फ्रिजको तापक्रम बटन मध्यम वा उच्चमा सेट गर्नुपर्छ । हरेक फ्रिजमा गर्मी र जाडोको मौसमअनुसार तापमान सेट गर्ने विकल्प पनि हुन्छ । जाडोमा दूध, तरकारी, फलफूल, पकाएको खानेकुरा ताजा राख्नु त हो । यसका लागि तापक्रम कम भएपनि हुन्छ । यसो गर्दा बिजुलीको महसुल पनि कमै आउँछ ।
जाडोमा फ्रिजको तापक्रम न निकै बढी न निकै कम सेट गर्नुपर्छ । चिसो मौसममा फ्रिजको तापक्रम २ डिग्रीदेखि ५ डिग्री सेल्सियसको बीचमा राख्नुपर्छ । फ्रिजको आयतन (लिटर), वाट र साइज अनुसार तापक्रम समायोजन गर्नुपर्छ । यसका लागि विज्ञहरुको सल्लाह पनि लिन सकिन्छ ।
यस तापक्रममा कुनै पनि खानेकुरा वा पेय पदार्थ खराब हुँदैन र लामो समयसम्म ताजा पनि रहन्छ । बिजुलीको बिल पनि कम आउँछ । मौसम चिसो छ भनेर फ्रिज बन्दै गरेर राख्नु पनि राम्रो हुन्न । यसले उल्टै फ्रिजमा क्षति पुर्याउन सक्छ । बरु तापक्रम कम बनाएर चलाइराख्नु राम्रो हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण