दुई नाबालिगलाई बलात्कार गरेको आरोपमा सशस्त्रका दुई जना कर्मचारीलाई पक्राउ गरेर अनुसन्धान
काठमाडौँ । दाङको भालुवाङमा दुई जना नाबालिगलाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी बलका एक जना सहायक हवल्दार र एक जवानलाई पक्राउ गरिएको छ । असोज २४ मा भएको घटनामा दुई जना सशंकितलाई हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले रातोपाटीलाई बताए ।
सशस्त्र प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा सहायक हवल्दार भरत रोकामगर र जवान रेवन पचभैया मगर छन् । उनीहरू नम्बर–२९ ज्वालामाई गण दाङमा कार्यरत थिए । घटनामा संलग्न भएको आरोप लागेपछि उनीहरूलाई अनुसन्धानमा सहजीकरण गर्नका लागि प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
असोज २४ मा ज्वालामाई गण नजिकै पिङ खेल्न जाँदा ८ वर्षीया र १४ वर्षीया नाबालिग बलात्कृत भएका हुन् । पिङ खेल्ने ठाउँ नजिकै सशस्त्र प्रहरीको ज्वालामाई गण छ । आरोपीहरूलाई बलात्कार मुद्दामा अदालतबाट म्याद लिएर जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण