दुई नाबालिगलाई बलात्कार गरेको आरोपमा सशस्त्रका दुई जना कर्मचारीलाई पक्राउ गरेर अनुसन्धान

काठमाडौँ । दाङको भालुवाङमा दुई जना नाबालिगलाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी बलका एक जना सहायक हवल्दार र एक जवानलाई पक्राउ गरिएको छ । असोज २४ मा भएको घटनामा दुई जना सशंकितलाई हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले रातोपाटीलाई बताए ।
सशस्त्र प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा सहायक हवल्दार भरत रोकामगर र जवान रेवन पचभैया मगर छन् । उनीहरू नम्बर–२९ ज्वालामाई गण दाङमा कार्यरत थिए । घटनामा संलग्न भएको आरोप लागेपछि उनीहरूलाई अनुसन्धानमा सहजीकरण गर्नका लागि प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
असोज २४ मा ज्वालामाई गण नजिकै पिङ खेल्न जाँदा ८ वर्षीया र १४ वर्षीया नाबालिग बलात्कृत भएका हुन् । पिङ खेल्ने ठाउँ नजिकै सशस्त्र प्रहरीको ज्वालामाई गण छ । आरोपीहरूलाई बलात्कार मुद्दामा अदालतबाट म्याद लिएर जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?