स्वर्णिम वाग्लेको संयोजकत्वमा रास्वपाले बनायो संवाद समिति
शनिबार, १० कात्तिक २०८१, २१ : १८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा संवाद समिति निर्माण गरेको छ । शनिबार बसेको सो पार्टी केन्द्रीय समिति बैठकले संवाद समिति बनाउने निर्णय गरेको हो ।
बैठकले उसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा सात प्रदेशका पार्टी सभापति सदस्य रहनेगरी आन्दोलन सञ्चालन मुल समिति गठन गर्ने निर्णय समेत गरेको छ ।
साथै बैठकले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखिएको र अनुसन्धानका नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकोले उनको तत्काल रिहाई गर्न सरकारसँग माग समेत गरेको छ ।
बैठकले राजनीतिक प्रतिशोध, भ्रष्टाचार र वेथितिविरुद्ध एवम् सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने निर्णय समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण