स्वर्णिम वाग्लेको संयोजकत्वमा रास्वपाले बनायो संवाद समिति
शनिबार, १० कात्तिक २०८१, २१ : १८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा संवाद समिति निर्माण गरेको छ । शनिबार बसेको सो पार्टी केन्द्रीय समिति बैठकले संवाद समिति बनाउने निर्णय गरेको हो ।
बैठकले उसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा सात प्रदेशका पार्टी सभापति सदस्य रहनेगरी आन्दोलन सञ्चालन मुल समिति गठन गर्ने निर्णय समेत गरेको छ ।
साथै बैठकले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखिएको र अनुसन्धानका नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकोले उनको तत्काल रिहाई गर्न सरकारसँग माग समेत गरेको छ ।
बैठकले राजनीतिक प्रतिशोध, भ्रष्टाचार र वेथितिविरुद्ध एवम् सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटी जिप दुर्घटना अपडेट : चालकसहित ३ जनाको मृत्यु
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
६० किलो सुन प्रकरण : फरार आरोपी अमला रोका टोखाबाट पक्राउ
-
लुम्बिनी प्रदेशसभा बैठक स्थगित
-
ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन, तस्बिरहरू
-
विदेशी कामदार विस्थापित गरेर स्वदेशी कामदारलाई रोजगारी सिर्जना गर्ने यस्तो छ सरकारी रणनीति