मानव अधिकार तथा शान्ति समाज तेह्रथुममा जोशी सर्वसम्मत
तेह्रथुम । मानव अधिकार तथा शान्ति समाज तेह्रथुम शाखाको सभापतिमा शंकरप्रसाद जोशी सर्वसम्मत निर्वाचित भएका छन् ।
शाखाको ११ औँ साधारणसभा तथा अधिवेशनबाट जोशीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
शाखाको उपसभापतिमा बालकृष्ण ढुंगाना, सचिवमा कुमारी लिम्बू, सहसचिवमा तुलसी कार्की र कोषाध्यक्षमा विमलादेवी श्रेष्ठ निर्वाचित भएका निर्वाचन समितिका संयोजक अधिवक्ता मानबहादुर लिम्बूले जानकारी दिए ।
त्यस्तै, शाखाको सदस्यहरूमा कृष्णप्रसाद सुवेदी, तिलबहादुर श्रेष्ठ, जुनु अधिकारी खत्री, टंकप्रसाद ढुंगाना, प्रकाश धौलाकोटी, निरू पौडेल बुढाथोकी, लक्ष्मी लिम्बू र सीता लिम्बू चयन भएका छन् ।
शाखाले निवर्तमान सभापति टिकाराम खुलालको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
सदस्यहरूमा डिल्लीराम रेग्मी र तेजमाया श्रेष्ठ रहेका छन् । सदरमुकाम म्याङलुङमा भएको साधारणसभामा समाजका केन्द्रीय सचिव सन्तोष रौनियार र लक्ष्मीनारायण मिश्रले समाजले गर्दै आएका परोपकारी र शान्तिवादी कार्यहरूबारे स्पष्ट पारेका थिए ।
सभामा शाखाका संस्थापक सभापति गोविन्द ढुंगाना, म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङ्फे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण