मनाससको एएनएचएसको देउसी भैलो कार्यक्रम सम्पन्न (तस्बिरहरू)
अमेरिका । सन् २००८ मा भर्जिनिया राज्यको मनाससमा स्थापित अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस)को देउसी भैलो कार्यक्रम २०२४ सफलतापूर्वक सम्पन्न भएको छ ।
गत अक्टोबर २७ आइतबारका दिन मनासस सहरमा आयोजित देउसी भैलो कार्यक्रममा अधिकांश उक्त संस्थाद्वारा सञ्चालित अमेरिका नेपाल शिक्षा सदनमा अध्ययनरत विद्यार्थीको साथै आफ्नै संस्थाकै सदस्य तथा पदाधिकारीहरूका प्रस्तुतिहरू रहेका थिए ।
एएनएसएच अमेरिकाको भर्जिनिया राज्यको मनासस सहर सन् २००८ मा स्थापित उक्त संस्था अमेरिका भरि कै क्रियाशील गैर मुनाफा सामाजिक संस्था मध्ये कै अत्यन्तै क्रियाशील संस्थामा पर्दछ र मानिन्छ ।
देउसी भैलो कार्यक्रम नेपालको काग तिहार भन्दा अगाडी मनाइएको छ । छुट्टीको दिन समेत रहेकोले अभिभावकहरू सहित बालबालिकाको साथमा देउसी खेल्न र उनीहरूलाई प्रोत्साहन गर्न त्यहाँ उपस्थिति जनाएका थिए ।
अमेरिकामा शनिबार र आइतबार अधिकांशको बिदा पर्ने हुनाले नेपालमा यमपञ्चक अगाडी रहेता पनि देउसी भैलो कार्यक्रम २०२४ भव्यतासाथ सम्पन्न भएको छ ।
अमेरिका नेपाल सहयोगी समाजले एकै थलोमा भेला गराई देउसी भैलो खेलेको छ । यसको साथै विभिन्न सांस्कृतिक कार्यक्रमको लागि अमेरिकामा जन्मेका बालबालिकाहरूलाई आफ्नो चाड पर्व परम्परा आदिको बारेमा ज्ञान होस् भन्ने हेतुले कार्यक्रम सम्पन्न गरेको छ । उक्त देउसी भैलो कार्यक्रममा सेलरोटी,नेपाली अचार समेत बनाई अतिथिहरूलाई खुवाएका छन् ।
_dgXVMUBd26.jpg)
अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस)को अर्को परियोजना अमेरिका नेपाल शिक्षा सदन हो । उक्त विद्यालयमा नेपाली पढाइनुको साथै अतिरिक्त क्रियाकलाप समेत गरिन्छ ।
उक्त पाठशालामा अमेरिकामा जन्मेका बालबालिका तथा नेपाली सिक्न चाहना राख्नेलाई नेपाली पढाइन्छ भने अन्य क्रियाकलाप पनि गराई राखेको छ । कार्यक्रम नेपाली तथा अमेरिकी राष्ट्रिय गानबाट सुरु भएको थियो ।
प्रारम्भमा लक्ष्मी पूजा गरिएको थियो भने पूजामा कामना पन्थी तथा एएनएचएसका पूर्व अध्यक्ष कमला खरेलले पूजा अर्चना गरेका थिए ।
_o7yARB5scd.jpg)
लक्ष्मी पूजा पछि तिहारका गीतहरूमा त्यही पढ्ने बिद्यार्थीहरुले बिभिन्न गीतमा नृत्यहरू प्रस्तुति गरेका थिए । यसैगरी एएनएचएस महिला समूहले देउसी भैलो खेलेका थिए भने एएनएचएस पुरुष समूहले परम्परागत देउसी भैलो खेलेका थिए ।
कार्यक्रम अगाडी अध्यक्ष जानु ओझाले सबैलाई स्वागत गरेकी थिइन् भने उनले नै कार्यक्रमको सभापतित्व समेत गरेकी थिइन् । यसै गरी एएनएचएस ट्रस्टीका सभापति केदार प्रसाद तिम्सिना पुरुष देउसी टोलीका घरपेटी बा बनेका थिए । उनकै घरमा देउसी देउसी टोलीले देउसी खेलेका थिए ।
_6u0Na6ExGF.jpg)
देउसी भैलो खेल्दै गर्दा थुप्रै जनाले सहयोग गरेका थिए । देउसी भैलो कार्यक्रमको लागि अत्यधिक सहभागिता भएकोले सभाकक्ष सानो हुन् पुग्यो। दर्शकहरू उभिनुको साथै अगाडी भुईँमा समेत बस्नु परेको थियो । खचाखच भिड हुँदा र महिलाहरूले भैलो खेल्दा र गीतहरूमा उफ्रिदा र नृत्य गर्दा अमेरिकाको काठले बनेको भुईँ नै लचक लचक हुन् पुग्यो ।
एएनएचएस ट्रस्टीका सभापति तिम्सिनाले पनि बोलेका थिए भने उनले उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।
_Y7LY5bi1Ia.jpg)
_I227I1j4Vq.jpg)
_uU95VXO5b3.jpg)
_EgogSR61wW.jpg)
_e0PpWgWtE9.jpg)
_85qm4fHk6o.jpg)
_GaMPLTWNdO.jpg)
_du3Ew1DFqP.jpg)
_zJD9anKiLD.jpg)
_DwUzEmC50X.jpg)
_fVjFNdHYJx.jpg)
_Lmqy49Muno.jpg)
_VMff302ZwQ.jpg)
_Qw55A87wRS.jpg)
_ZH22owkScC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण