पाकिस्तानमाथि अस्ट्रेलियाको संघर्षपूर्ण जित
मेलबर्न । एकदिवसीय शृङ्खलाको पहिलो खेलमा अस्ट्रेलियाले पाहुना टोली पाकिस्तानमाथि संघर्षपूर्ण जित हात पारेको छ । सोमबार भएको खेलमा अस्ट्रेलिया २ विकेटले विजयी बनेको हो ।
पाकिस्तानले प्रस्तुत गरेको २ सय ४ रनको मध्यम लक्ष्य अस्ट्रेलियाले ३३.३ ओभरमा ८ विकेटको क्षतिमा पछ्यायो । ३ विकेटको क्षतिमा १ सय ३९ रनको सहज अवस्थामा रहेको अस्ट्रेलियाले १ सय ५५ रनमा ७ विकेट गुमाउन पुगेको थियो ।
सन एबोट रन आउँदा हुँदा अस्ट्रेलियाले ८ विकेट गुमाएर १ सय ८५ रन मात्र बनाएको थियो । तर, कप्तान प्याट कमिन्सले नटआउट रहेर ३१ बलमा ३२ रन जोड्ने टोलीलाई जितसम्म डोर्याए । टोलीका लागि विकेटकिपर जोस इंग्लिसले सर्वाधिक ४९ रनको योगदान दिए । उनलाई स्टिभ स्मिथले ४४ रन बनाउँदै राम्रो साथ दिए । दुवैले ८५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए ।
जेक फ्रेजर म्याकगर्क र मार्नस लाबुसेनले १६–१६ रन जोडे । पाकिस्तानका लागि ह्यारिस राउफले ३ विकेट लिए भने शाहिन शाह अफ्रिदीले दुई विकेट हात पारे । नसिम शाह र मोहम्मद हसनैनले १–१ विकेट लिए । यसअघि, मिचेल स्टार्कले घातक बलिङ गरेपछि पाकिस्तान ४६।४ ओभरमा २ सय ३ रनमा सीमित बनेको थियो । स्टार्कले १० ओभर बलिङ गर्दै ३ मेडेन ओभर राख्दै ३३ रनमात्र खर्चिए ।
पाकिस्तानका लागि कप्तान मोहम्मद रिजवानले सर्वाधिक ४४ रन जोडे । त्यस्तै, बाबर आजमले ३७ रन, शाहिन शाह अफ्रिदीले २४ रन र इरफान खानले २२ रनको योगदान दिए । खेलको अन्त्यतिर नसिम शाहले ४० रनको महत्त्वपूर्ण योगदान दिए । अस्ट्रेलियाका लागि प्याट कमिन्स र एडम जाम्पाले २–२ विकेट लिए । सन एबोटले १ विकेट लिए ।
जितसँगै अस्ट्रेलियाले ३ खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । अब दोस्रो खेल शुक्रबार एडिलेडमा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026